भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सचिवालयले बताएको छ ।

प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ५९ बजे