भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पार्टी फुटाउने अध्यादेश फिर्ता गरेर मात्र सरकार विस्तार गर्ने गठबन्धनमा सहमति

काठमाडौं । पार्टी फूटाउने अध्यादेशको डरले सरकार विस्तार गर्न नसकिएको सत्तारुढ गठबन्धनका नेताहरुले स्विकारेका छन् ।
माधव नेपाल र उपेन्द्र यादवले अध्यादेशको सबभन्दा बढी त्रास बोकेको नेताहरुले बताएका छन् । आज भएको सत्तारुढ गठबन्धनको बैठकमा सरकार विस्तार गर्ने तर पार्टी फुटाउने अध्यादेश निस्क्रिय बनाएपछि मात्र गर्नुपर्ने आवाज नेपाल र यादवले चर्को रुपमा उठाएका थिए। बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए ।

माधव नेपालको पार्टीबाट मन्त्री नपाउनेले यही अध्यादेशमा टेकेर पार्टी फूटाउने सम्भावना प्रवल छ । यही त्रास उपेन्द्र यादवलाई पनि छ । त्यसैले अध्यादेश निस्क्रिय पारेर मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ०९ बजे