भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एजेन्डा छैन कसरी चुनावमा जाने भन्ने नठान्नु होला : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चुनावमा जान कुनै गाह्रो नहुने बताउनुभएको छ । 

एजेन्डा आफूहरूसँगै रहेकोले कसरी चुनावमा जाने भन्ने नठान्न उहाँले केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामको फेहरिस्त रहेको पनि बताउनुभयो ।  ‘हामीसँग एजेण्डा छैन, कसरी चुनावमा जाने भन्ने नठान्नु होला। हामीले काम गरेका छौँ। कामको फेहरिस्त छ, राष्ट्रियताका लागि काम गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं।’

उहाँले केही नगर्ने र एजेन्डा नहुनेहरू त चुनावमा जान्छु भनेका छन भने हामीसँग त प्रसस्त काम भएको बताउनुभयो । 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : ३४ बजे