भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले स्थायी समिति बैठक जारी, १० बुँदे कार्यान्वयनलगायतका विषयमा छलफल केन्द्रित

काठमाडौं । केन्द्रीय कमिटीलाई दिने  जवाफ तयार गर्न एमाले स्थायी कमिटीको बैठक अहिले जारी छ । केन्द्रीय कमिटी बैठक स्थल च्यासलमै स्थायी कमिटी बैठक बसिरहेको एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो । ‘तीनवटै प्रतिवेदनका बिषयमा उठाइएको विभिन्न प्रश्नको व्यवस्थित जवाफ दिनका लागि स्थायी कमिटीको बैठक बसिरहेको छ’ 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धि उठेका प्रश्नको जवाफ दिनुहुनेछ । यसैगरी महासचिव इश्वर पोख्रेलले संगठन सम्बन्धि उठेका प्रश्नको जवाफ दिनुहुनेछ भने उपमहासचिव विष्णु पौडेलले विधान सम्बन्धि प्रश्नको जवाफ दिनुहुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : १० बजे