भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ढलमा खसेर कपनबाट बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

काठमाडौँ । कपनको ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्वल विकको शव ललितपुरको महाङ्कालस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका उनको शव  शनिबार साँझ फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

बालकको शव अनुहार चिन्न गाह्रो अवस्थामा रहेको छ । तथापि उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएकाले पहिचान भएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ४६ बजे