भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

काँग्रेसको थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुङ्ग्याउने काम भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसको ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएर पालिका अधिवेशन सुरु भइसकेको छ । शनिवार करिब ५२ जिल्लाका गाउँ तथा नगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।

पूर्व निर्धारित मिति अनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा आज गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

शनिवार अधिवेशन हुन नसकेका काठमाडौँ, मोरङ लगायतका बाँकी १२ जिल्लामा अनुकूलता अनुसार असोज १६ गते सम्ममा पालिका स्तरीय अधिवेशन सम्पन्न हुने काँग्रेसले जनाएको छ । 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ०८ बजे