नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू, विधान संशोधनको प्रस्तावमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ । 

 बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यस अगाडि बसेको स्थायी कमिटीबैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो । विधान महाधिवेशनका लागि एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल संयोजक रहेको संगठनात्मक प्रतिवेदन मस्यौदा समिति,  विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति, रामबहादुर थापा संयोजक रहेको व्यवस्थापन समिति सदस्य बनाएको थियो।

एमालेको १० औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख छ। 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ०१ बजे