एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी कार्यालयका सचिव सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरूले राख्नुभएका सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  

केन्द्रीय कमिटीको बैठक आज र भोलि गरी दुई दिन सम्म चल्ने उहाँले  जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : २१ बजे