सङ्घीय संसद्को दुवै सदनको बैठक​​​​​​​ बस्दै, यस्तो छ कार्यसूची

​​​​​​​काठमाडौँ  । सङ्घीय संसद्को दुवै सदनको बैठक आज आज बस्दै छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ः०० बजे एकैसाथ सुरु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयले आजको  प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको  छ । 

प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ४१ बजे