भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बालुवाटार जग्गाकाे काम माधव नेपालको निर्देशनमा गरेको हुँ, अरुलाई चाँहि किन उन्मुक्ती ? : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफुले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा  तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशन मानेको बताएका छन् ।

बुधबार  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काम आफूले गरेको बताए ।

गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाईमात्र फसाउन खोजिएको बताए । उनले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : २८ बजे