भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

परराष्ट्रमन्त्री डा. खड्काद्वारा पदभार ग्रहण

काठमाडौं । परराष्ट्रमन्त्री डा। नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेर सिधै सिंहदरबार पुगेका मन्त्री खड्काले पदभार ग्रहण गरेका हुन् ।

 खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क जान लागेका हुन् । 

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । खड्का कांग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्का आजै परराष्ट्रमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ०९ बजे