डा.नारायण खड्काले लिनुभयो मन्त्रीको शपथ

​​​​​​​काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले मन्त्रीको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई शितल निवासमा केहिबेर अघि पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थियो ।

मन्त्री खड्काले आजै पदभार सम्हालेसँगै आजै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले डा. खड्कालाई हिजो परराष्ट्रमन्त्रीमा सिफारिस गर्नुभएको थियो । 

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहनुभएका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ । हाल उहाँ कांग्रेसको विदेश विभाग प्रमुखसमेत हुनुहुन्छ । 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ४० बजे