खड्कालाई मन्त्री बनाएपछि असन्तुष्ट बन्यो  पौडेल पक्ष, बोलायो छुट्टै बैठक

काठमाडौं । मन्त्री छनौटका विषयमा असन्तुष्टि जनाउँदै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक बोलाएका छ । बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षले बैठक बोलाएको हो । 

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षले छुट्टै बैठक बोलाएको हो ।
प्रधानमन्त्री देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ । 
 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ३४ बजे