भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ओलीको फुर्ति झार्छु भनेर सरकारले विकासका योजना रोक्याे : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूले ल्याएको विकासको योजना रोकेको भन्दै सरकारप्रति आक्रोश पोख्नुभएको छ । 

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले आफूले अघि सारेका रणनीति सडकसमेत १४ सय सडक बजेटमा रोकेर सरकारले अशुभ संकेत देखाएको टिप्पणी गर्नुभयो । ओलीको फुर्ति झार्छु भनेर एकैचोटि रोकिदिएको उहाँको भनाइथियो  ।

‘‘दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर भन्छन् । अहिले देशमा ग्रहण लागेको छ । धेरै हेर्ने होइन । अशुभ छ । रणनीति सडकसमेत १४ सय सडक रोक्नु छ । बजेट आयोजना सबै खतम छ । क्या बात,’ उहाँले भननुभयो ‘झ्याप्प दाहिने खुट्टाले ब्रेक ठोक्यो । ल बना बाटो, ओली फुर्ति झार्छु भनेर एकैचोटि शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारले रोकिदियो ।

’सरकारले यता लाग्ने कि नलाग्ने भनेर कर्मचारीलाई धमक्याउने र दुस्ख दिने काम गरिरहेको ओलीले बताउनुभयो  । ‘म त पेसाकर्मी हुँ । कुनैमा लाग्न मिल्दैन भन्दा भोलिपल्ट देखाइदिने, पठाइदिने । न त्यहाँ न डेरा पाइन्छ । न सवारीसाधन,’ उहाँले भन्नुभयो,‘कर्मचारीलाई अपायकमा सारिदिने, काखमा बच्चा भएको महिलालाई बच्चा थाम्नै नसक्नेगरी दुर्गममा सारिदिएको छ । वा लोकतन्त्र ।’

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ०८ बजे