भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अखिलको तेस्रो महिला अध्यक्ष बरालले सदस्यहरुलाई शपथ गराउने

काठमाडौं – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा चयन भएकी तेस्रो महिला अध्यक्ष सुनिता बरालले आज केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदै हुनुहुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा राखिएको शपथ ग्रहण कार्यक्रममा झण्डै ४ सय केन्द्रीय सदस्यको शपथ ग्रहण हुँदैछ । ‘आज २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ,’अध्यक्ष बरालले भन्नुभयो।

रामकुमारी झाक्री, नविना लामा पछि अखिलको नेतृत्वमा पुग्ने बराल तेस्रो महिला हुनुहुन्छ । २२-२४ चैतमा हुने २३ औं महाधिवेशन सम्मकालागि बरालको अध्यक्षतामा, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहेको केन्द्रीय कमिटी पुनर्गठन गरिएको थियो ।

शपथ ग्रहणअघि एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभागृहमा मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेत शार्दुल’नामक पुस्तकको बिमोचन गर्नु हुनेछ । 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ११ बजे