भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

जननेता मदनले पाएको सम्मानसँग बा र श्रीमतीको तुलना कसरी हुन सक्छ ?

काठमाडौं । शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संविधान दिवसको अवसरमा राष्ट्रका महत्वपुर्ण क्षेत्रहरुमा योगदानगर्ने व्यक्तिहरुलाई विभूषितगर्ने निर्णय गरयो । जस अन्र्तगत ९०३ जनाको नाम सार्वजनिक भएको छ । यी नामहरुलाई लिएर यतिवेला विवाद र बहस चर्को रुपमा भईरहेको छ । नेपालमा राष्ट्रपतिद्धारा दिईने यस्ता विभूषणहरु बेला बेला विवादमा आईरहन्छन् र कतिपयले यस्ता विभुषण लिन अस्विकार पनि गरेको देखिन्छ । झटट् हेर्दा राष्ट्रको सम्मान पाउनु गौरवको विषय हो तर राष्ट्रलाई योगदान गर्ने सही व्यक्तिहरु बिभूषित हुनुभएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । 

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर परमादेशवाट बनेको गठबन्धन सरकारले कस्ता व्यक्तिलाई विभूषित गरयो ? को कस्का नातेदार विभूषित हुनुभयो भन्ने चर्चाले यतिबेला विभूषणकै बेइज्जत गरेको छ । आफूलाई कथित अग्रगामी, कथित राष्ट्रवादी, देश र जनताका निम्ती राजनीति गरेको बताउने देउवा, प्रचण्ड र माधव नेपालले आफ्ना आसेपासे नातासम्वन्ध र सार्वजनिक रुपमा विवादित व्यक्तिहरुलाइ विभूषणबाट सम्मानित गर्ने निर्णय गरयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीति देश र जनताका निम्ती नभएर परिवार र नातागोताका निम्ती भएको प्रमाणीत गर्ने थुप्रै आधारहरु यसअघि नै सार्वजनिक भईसकेका छन् । प्रचण्ड चाहे प्रधानमन्त्री हुँदा होस वा सत्ता बाहिर रहदा होस उहाँको राजनीति परिवारबाट शुरु हुन्छ र परिवारमै समाप्त हुन्छ । प्रचण्डसँग निकट रहेकाहरु भन्ने गर्छन् ‘प्रचण्डमा चरम पारिवारिक मोह छ त्यसका निम्ती जस्ता सुकै नाजायज सम्झौता गर्न उनि तयार हुन्छन ।’ वास्तवमै चाहे प्रचण्डको सचिवालयमा होस वा उहाँले गर्ने महत्वपुर्ण राजनीतिक नियुक्तिमा होस उहाँ नातागोता र परिवारबाट माथी उठन सक्नुभएको छैन् । उहाँ छोरीलाई मेयर बनाउनुहुन्छ, अनुभव नै नभएको भतिजलाई राजदूत बनाउनुहुन्छ, सचिवालयमा छोरी ज्वाँर्ईहरु हुन्छन्, बुहारीलाई मन्त्री र उहाँलाई प्राधिकार मान्ने चाकडीवाजहरुलाई महत्वपुर्ण जिम्मेवारी दिनुहुन्छ । यही कारणले हुनुपर्छ प्रचण्डलाई एकपछि अर्को गर्दे माओवादी नेताहरुले छोडदै नयाँ दल गठन गरेकाछन् र अन्य दलहरुमा प्रवेश गरेका छन् । 

कामरेड प्रचण्डले यसपटक आफ्नै जीवन संगिनी सीता दाहाललाई ‘प्रसिद्ध प्रवल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गर्नुभएको छ । सीता दाहालले राष्ट्रका निम्ती के योगदान गर्नुभयो ? वा गर्नुभएन ? त्यो फरक छलफलको बिषय हुन सक्छ । एउटा यथार्थ के हो भने उहाँ प्रचण्डको श्रीमती हुनुहुन्छ र प्रचण्ड सहितकै सत्ता गठबन्धनको सरकारले उहाँलाई सवैभन्दा महत्वपुर्ण योगदान गरेको अर्थ लगाएर सम्मानित गर्ने निर्णय गरयो । आफुलाई कम्युनिष्ट भन्ने एउटा नेताले आफ्नै श्रीमतीलाई कसैले सम्मान गर्न खोज्दा लाजगाजले समेत हुँदैन भन्नुपर्नेमा उल्टै आफ्नी श्रीमतीलाई सम्मान दिन गृहमन्त्री र प्रधानमन्त्रीलाई आग्रह अनुनय गर्नु साच्चै लज्जाको बिषय हो । प्रचण्डको राजनीति के का निम्ती हो र उहाँ के गर्न चाहनुहुन्छ भन्ने बुझन यो एउटा दृष्टान्त प्रर्याप्त छ । प्रचण्डलाई थाहा छ , नेपाली राजनीतिमा अब उहाँको सान्दर्भीकता समाप्त भईसकेको  छ । केही समय अघि प्रचण्डले आफू पार्टीमा नितान्त एक्लो बन्दै गएको बताउनुभएकोे सहि नै थियो । उहाँले समातेको बाटो त्यही हो ।

गठबन्धन सरकारले त्यसको किंङ्गमेकर बताउने नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालका बुवा मंगलप्रसाद उपाध्ययायलाई पनि साहित्यकारका रुपमा प्रबल जनसेवाश्री (मरणेपरान्त) प्रदान गर्ने निर्णय गरयो । उपाध्यायले पनि राष्ट्रका निम्ती के योगदान गर्नुभयो ? वा गर्नुभएन ? त्यो पनि छलफलको बिषय हुन सक्ला । तर यथार्थ के हो भने उहाँपनि सत्ता गठबन्धनको महत्वपूर्ण नेताको बुवा भएको नाताले सरकारले सम्मानित गर्ने निर्णय गरयो । बाहिर देश, जनता, सिद्धान्त र विचारका निम्ती राजनीति गर्ने चर्का नाराको अन्तर्य भने अर्के छ । कुनै बेला माधव नेपालले आफ्ना भाईलाई  हङ्गंकंङ्गको महाबाणिज्य दूत बनाउन ठुलै लफडा गर्नुभएको थियो । त्यसका निम्ती ठुलो दबाब दिएर नियम मिचेर भाईलाई बाणिज्य दुत बनाउनुभएको थियो । अहिले आफ्ना बुवालाई विभुषण दिलाउन माधव नेपालले गृहमन्त्री बालकृष्ण खाँडदेखि प्रधानमन्त्री देउवासम्मलाई भन्न भ्याउनुभयो । माधव नेपाललाई नचिढ्याउने नीति अन्र्तगत देउवाले उहाँको सिफारिसलाई कार्यान्वयन गर्नुभयो । माधव नेपालको राजनीति देश र जनताका निम्ती थियो वा आफ्न्तलाई नियुक्ति गर्न र सम्मान गर्न थियो भन्ने यसले प्रमाणीत गर्छ । निर्वाचन हारेर पनि मलाई त्यही पद चाहिन्छ भन्ने र त्यसका निम्ती माईतीघर मण्डलातिर ‘हामी यहाँ छौ’ भन्ने माधव नेपालहरुबाट देश र जनताले केही सकारात्मक अपेक्षा गर्नु नै व्यर्थ छ । 

बिभूषणकै सन्दर्भ आउँदा केपी ओली सरकारले जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त विभूषित गर्ने निर्णय गरेको थियो । मदन भण्डारी कम्युनिष्ट्रको लोकतान्त्रिकरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद ‘जबज’का प्रणेता हुनुहुन्छ र आज देशको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले उहाँबाट नैै प्रतिवादित जबजको जगमा यो हैसियतमा पुगेको छ । यस्ता सिद्धान्तकार, माक्र्सवादी चिन्तक र राष्ट्रवादी नेतालाई विभूषित गर्नु स्वभाविक थियो यसले राष्ट्रिय सम्मानको मर्यादा पनि कायम राख्थ्यो जननेतालाई दिईएको बिभूषण उहाँका छोरीहरु उषा र निशाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ग्रहण गर्नुभयो । अहिले सीता दाहाल र मंगलप्रसाद उपाध्यायले पाउनु भएको बिभूषणलाई मदनले पाएको सम्मान जस्तै हो भनेर तुलना गर्नेहरुले आफ्नो लाज छोप्न खोजेको मात्रै देखिन्छ । किनकी यी तुलना गर्ने सन्दर्भ होइनन् । गठबन्धन सरकार दुई महिना नपुग्दै पुर्णत असफल भएपछि र जनताले ओली नेतृत्वको सरकारको स्मरण गर्न थालेपछि अतालिएका प्रचण्ड माधव नेपालहरुले आफना ति कर्तुत लुकाउन मदनले पाएको सम्मानलाई गिजोल्न खोज्दै छन् । जुन सर्वथा अनुचित छ । राष्ट्रलाई योगदान गर्ने मदन भण्डारी, वीपी कोईराला, कृष्ण प्रसाद भटटराई, मनमोहन अधिकारीहरुले नै हो वास्तवमा यस्ता बिशिष्ट सम्मान पाउने जसले गर्दा यस्ता सम्मान प्रति नागरिकको विश्वास बढेको थियो तर आफ्ना नातागोता र आफन्तलाई जब यस्ता बिभूषण दिन थालिन्छ बुझदा हुन्छ यी सम्मानहरु को महत्व समाप्त भयो । 
 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ३० बजे