भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विपक्षीको नाराबाजीबीच विनियोजन विधेयक पास

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो । 

सोमबारकै बैठकले विनियोजन विधेयक पारित गरेको छ भने आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा गर्ने मिति पनि तोकेको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २९ बजे