भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

​​​​​​​सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । 

आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।  

जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।  

सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ । गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । 

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । 

कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ४८ बजे