भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अहिले संविधान सर्वस्वीकार्य भएको छ : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं – एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको दाबी गर्नुभएको छ । सातौं संविधान दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले देशी विदेशी अवरोध भए पनि एमालेको नेतृत्वमा संविधान सर्वस्वीकार्य भएको जिकिर गर्नुभएको छ ।

संशोधनका नाममा विदेशी गुहार्ने काम भएको उल्लेख गर्दै उहाँले  त्यसलाई परास्त गरिएको बताउनुभयो । 'विदेशमा गएर संविधान संशोधन गर्न सकिएन, तपाइँले सहयोग गरिदिनुपर्‍यो भनियो सर्वस्वीकार्यताको नाममा । तर, अहिले स्वीकार्य भएको छ । विरोध गर्ने शक्तिहरुले स्वीकारेका छन् । संवैधानिक प्रक्रियामा सहभागी भएका छन् । अहिले संविधान सर्वस्वीकार्य भएको छ । मूल्यमान्यताहरू सर्वस्वीकार्य भएको छ । सर्वस्वीकार्य बनाउने काममा एमालेले अगुवाइ गरेको छ । हाम्रो पार्टी गर्व गर्छ,' उहाँले भन्नुभयो ।

ओलीले संविधानको रक्षा, विकास र कार्यान्वयनमा ध्यान जानुपर्ने औल्याउँदै आफ्नो पार्टीले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

ओलीले संविधान र संविधानसभा भन्नेहरुले नै संविधान बनाउने शक्तिलाई अवरोध गर्ने, माइकले हान्ने काम गरेको भन्दै एमालेले त्यसको डटेर सामना गरेको, नाकाबन्दीको सामना गरेको र स्वाभिमान र दृढताका साथ अघि बढेको उल्लेख गर्नुभयो । 'त्यसको नेतृत्व हाम्रै पार्टीको सरकारले गर्‍यो । अरुले खुट्टा कमाएका बेला एमालेले अत्यन्त दृढताका साथ सामना गर्‍यो,' उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : १६ बजे