भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

संविधान जारी गरेपछि जनताको युग सुरुवात भयो : केपी ओली 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएसँगै समान्ती युग अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउनुभएको छ । संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताउँदै ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताउनुभएको छ । 

एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले संविधान बनाउँदा देशभित्र र बाहिर व्यापक रूपमा जनस्तरमा र सामाजिक जीवनका सबै क्षेत्रमा बहस गरेको जानकारी दिनुभयो । 

संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उहाँले भन्नुभयो , ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण ग¥यौँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ  ।’

जनतालाई सम्पूर्ण स्रोत मानेर संविधानमा वर्चश्व हासिल गरेको बताउँदै उहाँले भन्नुभयो , ‘सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो सार्वभौमसत्ता मूल संविधानमा वर्चश्व हासिल गरे । जनता नै सम्पूर्ण शक्तिको स्रोत हुन भनेर व्यवस्थित गरियो । यस दिनको असाधारण महत्व छ । त्यसैले राष्ट्रिय दिवस भन्यौं । कुनै कुल घराना व्यक्ति होइन जनता सर्वोपरि हुन्छ । संविधानमार्फत व्यवस्थित गरिएको छ । जनतामा रहेको सार्वभौमसत्ता सम्पूर्ण हिसाबले जनतामा संवैधानिक सर्वोच्च कायम भएको हिसाबले यो दिन विशेष छ ।’

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भन्नुभयो , ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन ।’

समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ । 

‘संविधानले सबलीकरण, सशक्तिकरण सामाजिकीकरण शिक्षा स्वास्थ्य रोजगारीजस्ता मौलिक कुरालाई समेटेको छ । हाम्रो संविधान उत्कृष्ट छ’, उहाँले भन्नुभयो , ‘केन्द्रीय एकीकृत शासन प्रणालीलाई चुनौती दिएको छ । तीन तहको सरकारले काम गरिरहेको छ । कतिपयले सिंहदरवार गाउँमा कहाँ छ भनेर खिसिट्युरी गर्छन् । सिंहदरबार गाउँमा पुर्याउने भनेको सिंहदरवार बोकेर गाउँमा लाने होइन सिंहदरवारका अधिकारहरु गाउँमा पु¥याउने हो । पहिले सिंहहदरबारबाट शासन हुन्थ्यो भने अहिले पालिका पालिकाबाट हुन्छ । केही कमजोरी होला । तर प्रणाली राम्रो हो ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : २९ बजे