एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउँसो १:०० बजे  स्थायी कमिटी बैठक बस्ने लागेको पार्टी कार्यालय सचिव  शेरबहादुर तामाङले जानकारी दिनुभयो

बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : १३ बजे