काठमाडौं – नेकपा (एमाले) को भात्रृ संगठन अनेरास्ववियूको अध्यक्ष पदमा सुनिता बराल चयन हुनुभएको छ ।
अनेरास्ववियूको उपाधक्ष्य पदमा रहनुभएको बराललाई आजको केन्द्रीय सचिवायलको बैठकले अध्यक्षमा चयन गरेको हो । हालका अध्यक्ष ऐन महरको प्रस्तावमा बराल अध्यक्षमा चयन हुनु भएको हो ।
त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन हुनुभएको छ ।
प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ५ : २२ बजे
प्रतिक्रिया