माओवादी केन्द्र प्रदेशस्तरीय कार्यकर्ता भेला जनकपुरमा, प्रचण्ड सहभागी

जनकपुरधाम – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आइपुगेका छन् । प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम आइपुगेका हुन् ।

प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ । उनले देशको समसमायिक अवस्था र पार्टीले लिने नीतिको विषयमा धारणा राख्ने कार्यक्रम छ ।

भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ । जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् ।

उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् । 

वीरेन्द्र रमण

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ४६ बजे