नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुलको दक्षिणतर्फ) रहने उक्त कार्यालय आजबाट सञ्चालनमा आउने जनाइएको छ । 

पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान १०:०० बजेदेखि कार्यालयको उद्घाटन गर्नुहुने  पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ०३ बजे