ओलीको प्रश्न : गुरुरु कुदेर अरुथोक सब गर्नेले बजेट पास किन नगरेको ? 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको असक्षमताका कारण देश बजेटबिहीन अवस्थामा पुगेको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गनुएहुँदै अध्यक्ष ओलीले आफूहरुलाई दोष दिएर सरकारले देशलाई बजेटविहीन अवस्थामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मैले एउटा मिडियामा भनेको सुनेको थिएँ, नेकपा एमालेको अवरोधका कारण बजेट पास हुन सकेन, हामी नारा लगाइराखेका ठाउँमा गुरुरु कुँदेर मन्त्री रोष्टममा पुगेको देख्या छैन, रिले दौडकमा जस्तो ? अनि कहाँ रोक्या छ ? चाहिएको कुरा त रोक्या रहेनछत, सभामुखले यो राख भन्ने मन्त्रीले राखे भन्ने तमासा देखिएको होइन ? अरु थोक गर्न मिल्ने बजेट किन नमिल्ने ?’

आफ्ना नेता कार्यकर्तालाई दशैं खर्च बाँडनका लागि सरकारले १०–१० हजार बाँडने कार्यक्रम ल्याइएको पनि उहाँले बताउनुभयो । कुनै मापदण्डबिना बाँडेको पैसाले गरिबी नघट्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ५ : ३१ बजे