जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारलार्इ जनतालाई उत्तेजित बनाउने कार्य नगर्न  चेतावनी दिनुभएको छ । 

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गनुृहुँदै अध्यक्ष ओलीले जनतामाथि सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरिएको भन्दै आपत्ति जनाउनुभयो  ।

‘जनतमाथि सरकारले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरेको छ’, ओलीले भन्नुभयो, ‘जनतालाई उत्तेजित बनाउने कार्य नगर्नुस्, प्रतिकारमा उत्रने अवस्था नआओस् ।’

आफ्नो शासनकालमा जनतामाथि बल प्रयोग नगरिएको बताउनुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अहिले सरकारले जनताको विरोध प्रदर्शनमा बल प्रयोग गरिरहेको बताउनुभयो । 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ४ : १५ बजे