काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताउनु भएको छ ।
काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताउनु भएको हो ।
‘एमालेलाई नेताहरूले जोगाउन सकेनन् । एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’
कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उहाँले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराउनुभयो । ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उहाँले भन्नुभयो ।
प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार ३ : ३७ बजे
प्रतिक्रिया