माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल

काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गर्नुभएको छ । 

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गर्नुभयो ।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिष्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनस्स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उहाँले भन्नुभयो ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको बताउनुभयो । ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौ’ उहाँले भन्नुभयो  ।
 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  २ : ३९ बजे