प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ 

विराटनगर ।  प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।  अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।  

उनै पाँच मन्त्रीले सपथ लिनुभएको हो ।  आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापाले सपथ लिनुभएको छ ।  

यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीले  सपथ लिनुभएको हो । 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : ५६ बजे