यिनीहरूले अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा लओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाउनुभएको छ । 

बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागिएको भन्दै आपत्ति जनाउनुभयो  । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उहाँको भनाइ छ।

​​​​​​​

‘हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,’ उहाँले भन्नुभयो, ‘अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,’ उहाँले भन्नुभयो ।  

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : ४५ बजे