देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

विराटनगर – एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गर्नुभयो । 

नेम्बाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाउनुभयो । उहाँले संसद् अवरुद्ध राखिराख्नेसमेत बताउनुभयो । ‘अदालतले गलत कुरालाई टेकेर गलत निर्णय गर्न थालेजस्तो हामीलाई लाग्न थालेको छ,’ नेम्बाङले भन्नुभयो, ‘तर पनि सर्वोच्च अदालतको आदेशलाई हामी सम्मान गर्छौ ।’ नेता नेम्बाङ उदपयपुर जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनुभएको thiyo ।  

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : २६ बजे