काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले नराम्रो काममात्रै गरेको आरोप लगाउनुभएको छ । अदालतको परमादेशबाट बनेर दुई महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको सरकारले एमाले फुटाउने काममात्र गरेको ओलीको आरोप छ ।
गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘सकम्युनिस्ट सरकार ढाल्नुपर्छ । यसले विकास गर्यो भने प्रतिगमन हुन्छ भनेर अदालतको परमादेशबाट हटाइयो । हिम्मत छ जनादेशमा जान ? यो परमादेशको सरकार हो । जनादेशबाट एमालेबाहेक अर्को सरकार आउन सक्दैन । त्यसकारण चुनाव भनेपछि थरर्र काप्छन्’,उहाँले भन्नुभयो ।
ओलीले चुनाव टारेर बनाएको सरकारको हविगत देखिएको उल्लेख गर्नुभयो । ‘सरकारको हविगत हेर्नुस् त दुई महिना बित्यो सरकार बनेन । मन्त्रिपरिषद् विस्तार भएन । दुई महिनादेखि तिनै चारजनाले र्याइँर्याइँ घुमाएका छन्’ ओलीले भन्नुभयो ।
प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार ५ : ०० बजे
प्रतिक्रिया