प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद सचिवालयले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएको थियो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेपनि सहमति हुन सकेको छैन । 

सभामुखले सोमबार सर्वदलीय बैठक पनि राख्नुभएको थियो । उक्त बैठकमा नेकपा एमाले अनुपस्थित रहेपछि थप समस्या सृजना भएको छ । एमालेले कारबाहि गरेका १४ सांसदको सूची टाँस्न सभामुखलाई दबाब दिएपनि सभामुखले निर्णय गर्न नसकेको भन्दै एमाले बिच्किएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : ५८ बजे