माओवादी स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुनेछ । सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : ४१ बजे