कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापा जानुहुँदै

झापा– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा जाने हुनुभएको छ । 

पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा जान लाग्नुभएको हो ।

कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : १७ बजे