प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज दिउँसो डल्लुस्थित खनाल निवासमा उहाँहरूबीच भेटावार्ता भएको हो । खनालले केही साताअघि नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । प्रत्यारोपणपछि गत भदौ १४ गते उहाँ नेपाल फर्किनुभएको थियो ।

प्रधानमन्त्री देउवा भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न खनाल निवास डल्लु पुग्नुभएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ५५ बजे