काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफु अबका एक दुई बर्ष पछि एक्लो पो हुने होकी भन्ने पीर लाग्न थालेको बताएका छन् ।
काठमाडौंको कमलादीमा नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले आफ्नो दिमागमा सायद अबका एक दुई बर्ष पछि म एक्लो हुनु पर्ने हो की भन्ने चिन्ता लाग्न थालेको बताए ।
कार्यक्रममा दाहालले पार्टी विभाजित गरेर केही लछारपाटो लाग्न नसकेको बताए । ‘एकचरण विभाजित भएर हेरियो लछार पटार केही लागेन त्यसकारण फेरी एक ठाउँमा आउ,ँ त्यही वैज्ञानिक हुन्छ’, दाहालको भनाई थियो ।
सबै पार्टी विभाजित भएको बताउँदै दाहालले विभाजनबाट कोही पनि अछुतो रहन नसकेको बताए । ‘माओवादी पार्टी पटक पटक विभाजित भयो, नेकपा पनि विभाजित भयो,विभाजित भएकाहरु नै हामी उफ्रिरहेका छौ ।’दाहालको भनाई थियो ।
प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार ५ : ३५ बजे
प्रतिक्रिया