एमालेले कारवाहि गरेका १४ सांसदहरुलाई किन कारवाहि हुँदैन ?

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सुमन राज प्याकुरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले टुप्पी समाएर प्रचण्डलाई उद्दार गरेको बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै नेता प्याकुरेलले भन्नुभयो, सरिता गिरिलाई समाजवादी पार्टीले कारवाहि गर्यो र त्यो कारवाहि गरेको सुचना २४ घण्टा न वित्दै सभामुखले संसदमा सुनाउनुभयो । यता प्रभु शाह लगायतका  ४ शक्तिशाली नेताहरुलाई पनि माओवादीबाट कारवाहि गर्दा त्यहाँपनि सभामुखले सुचना संसदमा चाँडै सुनाउनु भएको थियो ।  तर एमालेले कारवाहि गरेका १४ सांसदहरुलाई कारवाहि गरेको पत्र निर्वाचन आयोगमा विभिन्न प्रेसर गर्दा,  धेरैपटक फोन गर्दा पनि सभामुखले कारवाहि किन गदैनन ?’ यसको आवश्यक्तानै नरहेको भन्ने जवाफ जुन उहाँको अधिकार भन्दा बाहिरको कुरा रहेको र त्यस्मा  आफुहरुको सभामुखप्रति थुप्रै  आलोचना र टिप्पणिहरु  रहेको उहाँले वताउनु भयो । नेता प्याकुरेलले  आफ्नो शरिरको एउटा कुनै भागमा क्यान्सर भए त्यो भाग काटेर फाल्नु पर्ने भन्दै माधव नेपाललाई क्यान्सरको संज्ञा दिनुभएको थियो । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ३३ बजे