संसद अवरोध खुलाउन सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गरेका थिए । छलफलमा सहमति जुटन नसकेपछि आजको बैठकमा पनि एमालेले अवरोध गरेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ४५ बजे