सभामुखलाई कानूनमन्त्रीको सुझाव : एमालेसँग सहमति गर्नुहोस्

सभामुखले गल्ती सच्याए कुरा मिल्ने एमालेको भनाइ

काठमाडौं । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सँग संवाद गरी सहमती गर्न सभामुख अग्निीप्रसाद सापकोटालाई आग्रह गर्नुभएको छ ।  

संसद बैठक निरन्तर अवरुद्ध भइराखेपनि कानुनमन्त्री कार्कीको राय अनुसार सभामुख अग्निप्रसाद सापकोटाले एमालेसँग संवाद सुरु गरेका छन् । सापकोटाले आइतबार पहिलो बैठक स्थगीत गरेसँगै एमालेसँग सहमतीको लागि संवाद थालेका हुन् । 

छलफलमा सभामुख एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी सहभागी हुनुहुन्थ्यो ।  । उक्त छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित हुनुहुनथ्यो । तर, सभामुखको सहमति प्रयास भने सफल हुन सकेन ।

छलफमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गर्नुभएको थियो  । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उहाँहरुले बताउनुभयो । 

कानूनमन्त्री कार्कीले पनि उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिनुभएको हो । छलफलपछि सभामुख अग्नीप्रसाद सापकोटाले आजको प्रतिनीधिसभा बैठक कार्यसुँचीमै नगई स्थगित गरे । अर्को बैठक मंगलबार बस्ने छ । एमालेले कार्वाही गरेका सभासद्हरुलाई सूचना नटाँसी बचाएर पार्टी विभाजन गर्न कोटा पुराइदिएका सभामुखको एमालेले चर्को विरोध गर्दै आइरहेको छ । सभामुखको यही कदमको विरुद्घ एमाले अदालतसमेत गएको छ । सभामुख विरुद्घ र नेकपा एकिकृत बदरको मुद्दाको पेशी भोली सोमबार छ । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ३० बजे