यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । 

संसद्मा विकसित पछिल्ला घटनाक्रम तथा एमालेको भूमिकाका बारेमा छलफल गर्न आज दिउँसो १२ः०० बजे संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । 

सङ्घीय  संसद्को दुवै सदनको बैठक आज  अपराह्न १ः०० बजे बस्दैछ।

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच संसद्मा पेलेरै जाने रणनीति अङ्गीकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।

शुक्रवार एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ५० बजे