यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमालेमा क्रियाशील हुन महासचिब पोखरेलको आह्वान

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशील हुन आह्वान गरेका छन् । एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियशील हुन आह्वान गरे ।

उनले एमालेले मुलुकभर नै २०७५ जेष्ठ दुइ गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पारे । उनले एमाले एकता चाहने पार्टी भएको भन्दै दुईचार जना चोइटिएर जाँदैमा कुनै फरक नपर्ने जिकिर गरे । पोखरेलले बिभाजनमा जाने माधव नेपालको कदम दुर्भाज्ञपूर्ण रहेको बताए ।

उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ८ : १८ बजे