यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो,म प्रचार विभागमा छु : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले नेता योगेशकुमार भट्टराईले आफू पार्टीको प्रवक्ता नरहेको स्पष्ट पार्नुभएको छ । आज पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू पार्टीको प्रवक्ता नरहेको स्पष्ट पार्नुभएको हो ।

‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ,’ भट्टराईले भन्नुभयो, ‘यही विभागमार्फत पार्टीका जानकारीहरू प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’

उहाँले अहिले पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताउनुभयो ।

‘सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएपछि हाम्रो पार्टीमा विवाद देखियो र त्यसपछि १० बुँदे सहमति भयो । यही अवधिमा २३ फागुनपछि प्रवक्ता पद सिर्जना भयो र प्रदीप ज्ञवाली प्रवक्ता हुनुहुन्छ,’ नेता भट्टराईले भन्नुभयो, ‘अब उहाँ प्रवक्ता हुने कि म हुने भन्ने कुरा बैठकले टुंग्याउँला । अहिले यो काम उहाँले नै गर्नुहुन्छ, प्रचार विभागको काम म गर्छु ।’

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ०३ बजे