यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ ।  शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्त प्रदीप ज्ञवालीले जानकारी दिनुभयो  । 

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो । अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उहााँले भननुभयो  । 

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक  स्थगित गरिएको हो । 

 

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ४४ बजे