यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ ।

डाबर नेपालको प्रवन्धक निर्देशकसमेत रहनुभएका राणाको आज बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो।

राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहनुभएका उहाँ सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत हुनुभएको थियो । राणा राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सदस्यसचिव समेत हुनुभएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : २० बजे