यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

काठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ ।

संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उहाँले भन्नुभयो  ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३४ बजे