यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सत्तापक्षको ‘गोटी’बने सभामुख : पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे  

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा सत्ता पक्षको ‘गोटी’ बनेका छन् । आज बसेको प्रतिनीधिसभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बैठक संचालन गरेका छन् । नारावाजीका बीच बैठक सुचारु गरेका सभामुखले माननीय प्रेम सुवालले पेश नै गर्न नपाएको प्रस्तावलाई  निर्णयार्थ स्विकृत मात्र गर्नसमेत भ्याएका छन् । संसदको मर्यादा कायम नभएको कुरा उठिरहेका बेला सभामुख सापकोटाले पेश नै नभएको प्रस्तावलाई निर्णयार्थ पेश गरेर संसदको भद्दा मजाक प्रस्तु गरेका छन् । 

सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएपनि सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनी आग्रह गर्नुभएको थियो ।  ।
त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चलेको थियो ।   सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाउन्ुभयो 

तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका हुन् र । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।
सभामुख अग्नीप्रसाद सापकोटा एमाले विभाजन गर्ने काममा सत्ता पक्षको गोटी कबनेका थिए । उनले एमालेले कार्वाही गरेका १४ जना सांसदको पत्र टाँस नै नगरी झुलाएर हप्तौ राखेका थिए । सभामुख अग्नीप्रसाद सापकोटाले एमाले विभाजनका लागि सत्ता साझेदारदलसँग गरेको मिलोमतोका विषयमा एमालेले निरन्तर संसदमा आवाज उठाइरहेको छ । सभामुख अग्नीप्रसाद सापकोटा भने विपक्षीको कुरा सुननुको साटो झन्झन् अनुदार र सत्ता पक्षको ‘गोटी’ बनेको चर्चा छ । 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ३७ बजे