यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनीधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगीत भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । 

शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ३७ बजे