यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

 प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघीय संसद् भवन भजन नयाँबानेश्वरमा  आज दिउँसो १ः०० बजे बस्ने बैठकमा  “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव, ले “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश,२०७८ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव,  आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्को नवौँ अधिवेशन बुधबारबाट सुरु भएको थियो । नवौं अधिवेशन अन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।

 

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ११ बजे