काठमाडौं । नेकपा एमाले विभाजन भई गठन भएको नेकपा (एकिृत समाजवादी)ले स्थानीय तहमा खासै जनप्रतिनिधि तान्न सकेन ।
दल विभाजन भएपछि २१ दिनसम्म स्थानीय तहका जनप्रतिनिधि दल रोज्न पाउने व्यवस्था गरिएकोमा समय सकिँदा ९.९४ प्रतिशत मात्र जनप्रतिनिधि नेकपा एसमा खुलेकाे पाइएकाे हाे ।
नेकपा एमालेले स्थानीय तहमा जितेको कूल सङ्ख्या १४ हजार ७ सय १८ जना भए पनि विभाजनको पक्षमा जम्मा १ हजार ४ सय ६३ जना अर्थात् ९.९४% देखिए । अब स्थानीय तहमा नेकपा एमालेका १३ हजार २ सय ५५ जना जनप्रतिनिधि बाँकी छन् ।
प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार २ : ४३ बजे
प्रतिक्रिया